अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य

0
67

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार ४ सय २ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन। त्यसैगरी, यहाँ सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २० रहेको छ।