म्यानचेस्टर सिटी पहिलाेपटक च्याम्पियन्स लिगको फाइनलमा

0
106

काठमाण्डाै – म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सिटीका लागि रियाद महरेजले दुई गोल गरे । पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।

खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।