‘अष्ट्रेलियामै सेटल होउन् छोराबुहारी, आफै पनि धेरै वर्ष विदेश बसेर आएकी हूँ’

0
206

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले बौद्ध, तिनचुली निवासी मुना लामाजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरा छोरा-बुहारी अष्ट्रेलियामा छन्। बुहारी श्वेता थापाले पठाइदिएकी हुन्।

यसरी छोरा-बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
सरप्राइज गिफ्ट पठाइदिएका रै’छन्। एकदम खुसी लाग्यो। धेरै राम्रो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको त ७ वर्ष नै हुनलाग्यो।

यसरी छोरा-बुहारीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
मलाई त बानी परिसक्यो। म पनि विदेशमै बस्थें, अहिले २/३ महिना अगाडी मात्र नेपाल फर्केकी हूँ। चाडपर्वमा, बिरामी पर्दा, यता उता सम्झीइन्छ। तर अरुबेला त त्यति नराम्रो लाग्दैन। बानी भयो।

छोराबुहारीको कुन कुरा बढी याद आउँछ ?
सबैकुरा याद आउँछ नि ! चाडपर्व खल्लो लाग्छ। अनि उनीहरुले गर्ने माया, केयर याद आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
गेट टुगेदर भएर खानेकुरा पकाउँदा उनीहरु पनि संगै भएको भए हुन्थ्यो भन्ने हुन्छ। खानेकुरा यो नै भन्ने चाहिं छैन। उनीहरुलाई जे बनाएर दिए पनि मीठो मानेर खान्छन्।

हजुर छोरा बुहारी बसेको ठाउँमा जानुभएको छ ?
यो कोरोना महामारीले गर्दा जान पाएकी छैन। अब सबै सामान्य हुँदैगयो भने जाने विचार छ।

छोरा बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
आफू धेरै वर्ष विदेश बसेको भएर हो कि, मलाई त उनीहरु उतै बसेपनि ठिकै छ भन्ने लाग्छ। टाढा हुँदा खल्लो त लाग्छ नै। तर माया त जहाँ पुगेपनि रहन्छ। भनिन्छ नि, जति टाढा, त्यति माया गाढा।

छोरा-बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै मिस गरेकी छु मैले। तिमीहरुलाई अँगालो हाल्न मन लागेको छ। छिटो भेट हुन्छ भन्ने आशा लिएर बसेकी छु।