अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

0
86

काठमाडौँ। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

२०७६ मा तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।