अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य कायम

0
45

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ३ सय २५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जना अन्तरराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। हाल यहाँ सक्रिय संक्रमितको संख्या २१ रहेको छ।