नेपाल सुपर लिग : पेड्रो र सन्तोषको गोलमा विराटनगरको दोस्रो जित

0
29

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा विराटनगर सिटी एफसीले दोस्रो जित निकालेको छ । एफसी चितवनलाई २–० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगरको जितमा पेड्रो मान्जी र सन्तोष तामाङले १–१ गोल गरे ।

जितसँगै विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । पहिलो जित निकाल्ने योजनामा रहेको चितवन भने तालिकाको पुछारमा छ । चार खेल खेलेको चितवनले जित निकाल्न सकेको छैन । चितवनले ४ खेलमा २ अंक जोडेको छ ।