कोरोना भाइरसले शिक्षा क्षेत्र र विद्यार्थीमा पारेको प्रभाव- जनक सापकोटा

0
39

झण्डै साढे दुई वर्ष अगाडि चिनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरसले विश्वभर महामारी रुप लिईरहेको छ।पहिलो चरणमा चिन,इटाली ,अमेरिकामा अत्याधिक रुपमा फैलिएको यो भाइरस झन्डै १ वर्षपछि नयाँ स्वरुका साथ विकास भई थप कडा भई दोस्रो चरणमा प्रवेश गरेको छ।अहिले भारत,पाकिस्तान,नेपाल लगायत विश्वका विभिन्न देशहरुमा उच्च गतिमा फैलिएको हुनाले यहाँको आर्थिक कारोबारमा मन्दि आएको छ।शिक्षा,स्वास्थ्य ,रोजगार ,यातायात सबै कार्यक्षेत्र ठप्प जस्तै छन भने त्रासपूर्ण वातावरणका बिच मानिसहरु आफ्नो दैनिकि गुजरा गर्न बाध्य छन।यसबाट हरेक क्षेत्र प्रभावित भईरहेको परिप्रेक्ष्यमा अति महत्त्वपूर्ण र संवेदनशील क्षेत्र शिक्षामा यसको प्रभाव नराम्रो सगँ परिरहेको छ।

हामीलाई थाहा छ,कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा ठूलो गिरावट आएको छ।अघिल्लो वर्ष परिक्षाको मापदण्ड नै परिवर्तन गरि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।कक्षा १० को आन्तरिक मुल्यांकन पद्धति बाट र कक्षा १२ को पाठ्यभार घटाएर परीक्षा लिई नतिजा प्रकाशन गरिएको थियो।व्याजलर एवम् उच्च तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था अझै पनि अन्योलपुर्ण छ।ढिलो गरि सुरु भएको शैक्षिकसत्र छिटो सक्ने सरकारको तयारि रहेपनि कोरोना भाइरसको दोस्रो रुपले भयावह स्थिति लिए पछि पुन:एक वर्ष पछाडि पनि विद्यालय बन्द गर्नुपर्ने स्थिति सिर्जना भएकोले शैक्षिकसत्र फेरि पनि अन्योलमा परेको छ।छोटो समयमा धेरै कोर्स अध्यापन गराउनुपर्ने बाध्यता विद्यालय प्रशासन सगँ छ ,भने जबर्जस्ती रेटिएर पढ्नुपर्ने बाध्यता विद्यार्थी वर्गमा रहेको छ।यसको कारण धेरै विद्यार्थीहरु डिप्रेशनको सिकार बन्न पुगेका छन।

सामान्य तथ्यांक हेर्ने हो भने कोरोना भाइरस लागेर मृत्यु हुनेको सङ्ख्या भन्दा कोरोना भाइरसको असरले डिप्रशनमा गई मृत्यु हुनेको सङ्ख्या झण्डै साढे दुई गुणा बढि छ।जसभित्र विद्यार्थी र शिक्षक वर्गहरु परेका छन।अघिल्लो वर्ष पनि मानसिक तनावकै कारण विद्यार्थीले आत्महत्या गरेका समाचारहरु आइरहेका थिए भने धेरै विद्यार्थीहरुले बिचमै पढाइ छोड्न बाध्य भएका र धेरै शिक्षकहरुले जागिर छोड्न बाध्य भएका थिए।विद्यार्थीको शैक्षिक सर्टिफिकेटलाई सफलता ठान्ने हाम्रो मानसिकताका र दोषपूर्ण शिक्षा प्रणाली कै कारण शिक्षा क्षेत्रका समस्याहरु झन चाङ्गिदैँ गएमा छन भने समस्या समाधानमा कुनै निकायको चासो देखिदैन जुन दुर्भाग्य हो।

गाउँबाट उच्च तथा गुणस्तरीय शिक्षा आर्जन गर्ने उद्देश्यले शहरिएका विद्यार्थीहरुका समस्या कहालिलाग्दा छन।एकातिर बन्दको कारण के खाने के लाउने भन्ने चिन्ताले सताएको छ भने अर्कोतिर घरभाडा र स्कुल कलेजको फि ले आलो घाउमाथि नुनचुक छर्कने काम गरेको छ।उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले एउटै व्षको कोर्स वा एक समेस्टर सक्न वर्षौ लाग्ने देखिएको छ।व्याजलर प्रथम वर्षको परीक्षा हुन सकिरहेको छैन भने दोस्रो वर्षको परीक्षा बिचमै रोकिएको हुनाले विद्यार्थी यता न उता परेका छन।घरि परीक्षा हुन्छ,घरि परीक्षा हुदैन जस्ता अपरिपक्व निर्णय , केन्द्र सरकार र स्थानीय सरकारको जुहारिले ,विश्वविद्यालय र सरकारबिचको तालमेल नमिल्नु,मन लाग्दि निर्णय गर्नु ,छोटो छोटो समयमा निर्णय परिवर्तन गरिरहनु जस्ता प्रवृत्तिले विद्यार्थी र विद्यालयलाई थप चिन्ता थप्ने काम गरेको छ।

स्कुल ,कलेजमा पढाइ नै चालू नभए पनि फि चालू भईरहेको परिप्रेक्ष्यमा शिक्षा क्षेत्रका कुनै पनि सस्थांले खुलेर अनुगमन गरि केही कदम चाल्न सकेन,कतिपय निजि स्कुल कलेजहरु फि उठाउनको लागि नै खोलिए भने कतिले त अनलाइन पढाएको भन्दै फि असुल गर्ने काम गरे।निजि विद्यालयमा पढाउने शिक्षकहरु तलब पाएनन भने शैक्षिक माफियाहरुको झुण्डले शिक्षा क्षेत्रलाई धराशायी र प्रभावित बनाउन तेल थप्ने काम गरेँ।तर सत्तावृत्तमा रहेका हुन या कथित प्रतिपक्षमा रहेका भनौदाहरु हुन ,कोहि पनि शिक्षा क्षेत्रको समस्या बारे संवेदनशील बन्न सकेनन बरु सत्ता समिकरणको खेलमा आफुहरुलाई व्यस्त बनाए।

पार्टिका शैक्षिक सघं संस्थाहरु के का लागि खोलिएका हुन?यो महामारीमा पार्टीमा नेताहरु के गरिरहेका छन?विद्यार्थी का समस्या बारे बोल्दै छन कि आफ्नो नेताको बचाउमा लागि परिरहका छन? कि सत्ता समिकरणको हिसाबकिताब गरेर बसरिरहेका छन?अघिपछि जबर्जस्ती पार्टीको झण्डा भिराएर सडकमा आन्दोलनमा निकाल्ने आफुलाई विद्यार्थी नेता सम्झिने तर विद्यार्थी बारे चुइक्क नबोल्नेहरु कुन दुलोभित्र छिरेका छन? विपक्षी सङ्गठनका नेताहरु कुन विषयमा विरोध गरिरहेका छन?सरकारको विरोधलाई माशत आफ्नो कर्तव्य सम्झनेहरु विद्यार्थीका समस्या बोकेर सरकारको कुन निकायमा गए?अनि सत्ता पक्षका विद्यार्थी नेताहरुले ` बा´ले जेसुकै गरुन भनेर छोडदिएको हो कि क्या हो।

होइन भनेविद्यार्थीको समस्या बारे किन नबोलेको ?राजनीति पछि गरौंला अहिले जिम्मेवारी सम्झिएर शिक्षा क्षेत्रलाईसुरक्षित बनाउन सबैजना जुट्न जरुरि छ,त्यसका लागि सरकारलाई घच-घचाउन जरुरि छ।

अघिल्लो वर्ष एसईई हुनुभन्दा बाह्र घण्टा अगाडि मात्र परीक्षा स्थगित गरियो,हामीलाई विपत्तिले अघिल्लो वर्ष धेरै पाठ सिकाएक‍ छ,त्यसलाई ध्यानमा राखि सरकारले अहिले कक्षा १० र १२ को परिक्षाबारे अवस्था आकँलन गरि तत्काल निर्णय लिनुपर्छ ।शिक्षा क्षेत्रलाई खेलौना जसरि पटकपटक फरकफरक तरिकाले नचाइरहेका शैक्षिक माफिया र जिम्मेवारीबोध नभएका सरकारि निकायहरुको कमजोरीले गर्दा विद्यार्थी र शिक्षकको जीवन अन्योलमा परेको छ।शिक्षा भित्रको अनावश्यक राजनीतिले यसलाई थप मलजल गर्ने काम गरेको छ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप शिक्षक विद्यार्थीलाई प्राथमिकतामा नराख्नु सरासर अन्याय हो । अति जोखिमपुर्ण क्षेत्रलाई नै यसरी बेवास्ता गरेमा सङ्क्रमण झन बढ्ने देखिन्छ।शिक्षा संयन्त्रलाई व्यवस्थित र योजनाबद्ध बनाई स्रोत साधनको प्रयोग गर्न सरकार चुकेको छ।विद्यालय लाई नै आइसोलेसन र अस्पताल बनाउनु पर्ने बाध्यता आएपछि शिक्षा क्षेत्र थप पछि धकेलिने सम्भावना देखिएको छ।

अब सरकारले कुनै आनाकानी नगरि शिक्षक,विद्यार्थी ,बुद्धिजीवी ,शिक्षाविद् लगायत परिचालित शैक्षिक संस्थाहरुबिच अन्तक्रिया गरि शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नमा ध्यान केन्द्रीत गर्नुपर्छ।पार्टी विद्यार्थी सङ्घ सङ्गठन पनि यश क्षेत्रका समस्याहरु समाधान गर्नमा एकजुट हुनुपर्छ ।अलपत्र परेका शिक्षक विद्यार्थीलाई उद्ददार,निजि विद्यालयमा पढाउने शिक्षकको तलबि व्यवस्था ,शिक्षक विद्यार्थी लाई राहत तथा बिमा कार्यक्रम सञ्चालन ,कोरोना विरुद्धको खोपमा प्राथमिकता,परीक्षा पद्धति परिवर्तन गरेरै भएपनि शैक्षिकसत्र उकास्ने,अनलाइन बाट सम्भव हुने ठाउँमा अनलाइन परीक्षा,कम जोखिम क्षेत्रमा आवश्यक सुरक्षा अपनाई भौतिक रुपमै परीक्षा सञ्चालन ,पाठ्यभार घटाएर ,आन्तरिक मुल्यांकन पद्धतिबाट,उच्च शिक्षाको लागि थप अन्य विकल्प खोजि तनावग्रस्त अवस्थामा रहेका विद्यार्थीहरुको समाधान गर्न जरुरि छ।अनावश्यक फि लिने स्कुल कलेजलाई कारबाही ,भाडामा बस्ने विद्यार्थीलाई विशेष राहत प्याकेज लगायत अन्य कार्यक्रम ल्याउन जरुरि छ ।यो महामारी लाई सामना गर्दै शिक्षा क्षेत्रलाई व्यवस्थित बनाई केही आशावादी नतिजा निकाल्नको लागि सबै एकजुट हुन जरुरि छ।