‘अष्ट्रेलियामा एक्लो हुँदा आमाले गर्ने केयरिङ्ग धेरै याद आउँछ’

0
218

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको सिड्नीमा रहनुभएकी सोनिया श्रेष्ठजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
नवलपुर, गैंडाकोट हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
धेरै भएको छैन। २०१८ मा आएकी हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
एडलेड जाने तयारि भएको छ। त्यसैले अहिले काम छोडेकी छु।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
आउँछ नि धेरै। यहाँ आएपछि टाढा भइन्छ। अनि धेरै याद आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
यहाँ एक्लो महसुस हुन्छ। आमाले गर्ने माया, केयरिङ्ग धेरै याद आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
मैले त आमाले पकाउनुभएको सबै खानेकुरा मिस गर्छु।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
उहाँको मुहारमा सधै हाँसो ल्याउन सकूँ भन्ने लाग्छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
चिन्ता नलिनुहोला। खुसी रहनुस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला भन्न चाहन्छु।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
मानसिक रुपमा परिपक्क भएर मात्र आउनुस्।