अष्ट्रेलियामा बिरामी परी आईसीयुमा उपचारारत नेपाली युवाका लागि सहयोगको अपिल

0
1291

मेलबर्न। अष्ट्रेलियामा बिरामी परी आईसीयुमा उपचारारत नेपाली युवाका लागि सहयोगको अपिल गरिएको छ। मेलबर्नमा बस्दै आएका अनिल तामाङ्ग अचानक बिरामी भएर आईसीयुमा भर्ना भएका छन्। सनसाइन हस्पिटलमा भर्ना गरिएका उनको उपचारमा आर्थिक सहयोग गरिदिन दिदी अनिता तामाङ्गले सबै समक्ष अपिल गरेकी हुन्।

अनिललाई २१ मार्चदेखि ज्वरो आएको थियो। शुरुमा सामान्य ज्वरो ठानेको तर पछि उनमा बेहोस हुने, बान्ता हुने भएपछि २४ मार्चमा अस्पताल लगिएको दिदि अनिता तामाङ्गले जानकारी गराएकी छिन्। अहिले उनमा रगत जम्ने, संक्रमण लगायत समस्या पनि देखिएको छ।

अनिल तामाङ्ग अहिले आईसीयुमा छन्। उनको उपचार खर्च तथा औषधी आफूहरुले अहिले धान्न नसक्ने अवस्थामा रहेको अनिता बताउँछिन्। अनिता आफै अष्ट्रेलियामा संघर्षरत विद्यार्थी हुन्। त्यस्तै, अनिलले कमर्सियल कुकरीको पढाइ सकेर कमर्सियल सेफको रुपमा काम गरिरहेका थिए। त्यसैबीच कोरोना महामारीका कारण केही समय काम गुमेको थियो र अहिले पछिल्लो समय उनी फेरी काममा फर्किएका थिए। तर अचानक बिरामी भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको छ। अनिल तामाङ्गको बारेमा विस्तृत जानकारी लिन चाहेमा या सहयोग गर्नका लागि क्लिक गर्नुहोस्>> www.gofundme.com/f/help-anil-tamang