हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुग्यो !

0
83

यस साता भारतमा थप १० जना नेपालीको  मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।  हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । 

यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान संघले जनाएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले  मृत्यु भएको छ ।   

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।