अष्ट्रेलियाको भिक्टोरियामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

0
104

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ११ हजार ६ सय ६० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जना अन्तरराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २१ रहेको छ।