नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

0
183

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता शनिबार हालसम्मकै धेरै जना ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पनि ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

गत २४ घण्टामा १२८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ। 

आज देशभर ६७ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ।