
पर्थ। वेस्टर्न अष्ट्रेलियामा होटल क्वारेण्टिनका सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ। Pan Pacific होटलमा कार्यरत बीस वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, उनका दुई जना हाउसमेटमा समेत संक्रमण पुष्टि भएको छ। ती सेक्युरिटी गार्डले पहिलो डोजको भ्याक्सिन समेत लगाएका थिए।