गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु

0
86

गुल्मी ।  गुल्मीमा  थप  दुई  कोरोना  संक्रमितको  मृत्यु  भएको   छ  । कोभिड–१९  व्यवस्थापन केन्द्र  गुल्मीका  फोकल  पर्सन  गोपाल कार्कीका  अनुसार  रेसुङ्गा  नगरपालिका १  तम्घासमा  बस्दै  आएका  ४८  वर्षीय पुरुषको आज  बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु  भएको  हो ।

त्यस्तै  बुटवलमा बस्दै  आएकी  इस्मा गाउँपालिका  की  ७६  वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल  मेडिकल कलेजमा  मृत्यु  भएको  कार्कीले  बताए  ।

यो  सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२  पुगेको  छ  ।