‘अष्ट्रेलिया आएपछि बिहान आँखा मिच्दै जानुपर्छ, नेपालमा आमाले उठाएपछि बल्ल उठिन्थ्यो’

0
438

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको मेलबर्नमा रहनुभएकी इन्दिरा न्यौपानेजीसंग गरिएको कुराकानी समावेस गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौं, नयाँ बजार हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१८ मा आएकी हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
काम गर्दैछु। पर्सनल केयर असिस्टेन्ट हूँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
आउँछ नि। कुनै-कुनै समय त अत्ति नै धेरै सम्झना आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाले बिहान उठाइदिनु हुन्थ्यो। आमाले उठ भनेर कर गरेपछि उठ्थें। अनि उठेर फ्रेस भएर, खाजा खाएर जान्थें। यहाँ आएपछि बिहान आँखा मिच्दै निस्किनुपर्छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले पकाउने मासु र अचार एकदम धेरै मिस गर्छु।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
उमा न्यौपाने हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
आमालाई आफूसंगै राख्ने मन छ।

आमाका लागि के संदेश दिन चाहनुहुन्छ ?
आमा ! तपाईंको हरेक कुरामा म तपाईंको साथमा छु। मनमा कुरा दबाएर नबस्नुहोला, भन्नुहोला। खुसी रहनुस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
यहाँ आएपछि दु:ख के हो भन्ने बुझिन्छ। आउनुस्। मेहनत गर्नुस्। यहाँ अवसर पनि छन्।