अष्ट्रेलियाको ब्रिसबेन प्रिमियर लिगमा नेपाली खेलाडी सुनम गौतम छनोट

0
128

मेलबर्न। अष्ट्रेलियाको ब्रिसबेन प्रिमियर लिगका लागि नेपाली खेलाडी सुनम गौतम छनोट भएका छन्। लिगको लागि बिहीबार भएको अक्सनमा सुनम गौतमलाई बेसाइड पाईरेट्सले आफ्नो टिममा लिएको हो।

चर्चित पूर्व अष्ट्रेलियन क्रिकेटर तथा अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहिसकेका डेरेन लेहमन समेत गौतमलाई लिएको टिम बेसाइड पाईरेट्सका मालिक रहेका छन्। त्यसैगरी यो टिममा चर्चित खेलाडीहरु पनि रहेका छन्। ब्रिसबेन प्रिमियर लिग आगामी अगस्ट महिनामा हुने बताइएको छ।

सुनम गौतम नेपाली अन्डर-१७ र अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । २०१२ देखि यता भने उनी अष्ट्रेलियामा आफ्नो करियर निर्माणमा लागिरहेका छन्।