अष्ट्रेलियाको मेलबर्नबाट सुनोदको निर्देशन र कुशलको स्वरमा ‘हावा सरर’

0
403

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली कला क्षेत्रमा क्रियाशील युवाहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलबर्नवासी सुनोद श्रेष्ठको निर्देशन र कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको हो।

सुनोद श्रेष्ठले नेपाली म्युजिक भिडियो मात्र नभएर अष्ट्रेलियन टेलिफिल्म, फिचर फिल्ममा समेत अभिनय गरेका छन् भने म्युजिक भिडियो तथा कमेडी भिडियोको निर्देशनमा पनि क्रियाशील छन्। त्यसैगरी, गायक कुशल आचार्य ‘द भ्वइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेका चर्चित प्रतियोगी हुन्।

गायक कुशल आफैले अंकुश अधिकारीसंगको सहकार्यमा हावा सररको शब्द रचना गरेका हुन्। दीप सेभेन र संजिव बराइलीको गितार धुनले गीतलाई अझ कर्णप्रिय बनाएको छ।

मेलबर्नमा छायाँकन गरिएको यस म्युजिक भिडियोमा रेसा सापकोटा, रोजिना उदास र ईश्वर पोखरेलको अभिनय रहेको छ। निर्देशनमा सुनोद श्रेष्ठलाई केशव पाण्डेले सह-निर्देशकको रुपमा सघाएका छन्। म्युजिक भिडियोलाई सुनेस श्रेष्ठले खिचेका हुन् ।