अष्ट्रेलियाको भिक्टोरियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

0
270

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १५ हजार २ सय ४८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये तीन जना अन्तरराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २३ रहेको छ।