‘अष्ट्रेलिया या जहाँ पुगेपनि आमालाई आफ्ना सन्तान नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्ने रै’छ’

0
174

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले भरतपुर निवासी इन्दु सापकोटाजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियामा छन् मेरा छोरा-बुहारी। उनीहरुले पठाइदिएका हुन्।

यसरी छोरा-बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
एकदम खुसी लाग्यो। यसरी छोरा-बुहारीले सम्झिँदा खुसी लाग्छ नि।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
चार वर्ष हुन लाग्यो अब।

यसरी छोरा-बुहारीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
कस्तो लाग्नु र ! दु:ख लाग्छ नि। संगै बस्नपाए हुन्थ्यो भन्ने लाग्छ ।

छोरा-बुहारीको कुन कुरा बढी याद आउँछ ?
आफ्ना सन्तानको पनि यो कुरा याद आउँछ भन्ने हुन्छ र ! सबैकुरा याद आउँछ। यो भन्ने नै छैन।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
सेलरोटी अनि मासु पकाउँदा धेरै सम्झिन्छु। उनीहरु यहीं भएको भए हुन्थ्यो नि, भन्ने लाग्छ।

हजुर छोरा-बुहारी बसेको ठाउँमा जानुभएको छ ?
गएकी छैन। पोहोर साल नै जाने भन्ने थियो। कोरोनाले गर्दा जान पाइएको छैन।

छोरा-बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
मलाई त फर्किए हुन्थ्यो भन्ने लाग्छ। यहीं संगै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ।

छोरा-बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सधै यसरी नै सम्झिराख्नु। नबिर्सनु हामीलाई। खुसी रहनु।