‘अष्ट्रेलिया होस् या अरु देश, विदेशमा बस्दा आमाको यादले धेरै सताउँछ’

0
247

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको होबर्टमा रहनुभएका सागर खड्काजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
भक्तपुर हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
चार वर्ष भयो। २०१७ मा आएको हूँ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
पढ्दैछु। पढाइ अनि काम, त्यही हो।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
आमा अनि परिवारको याद त जहाँ बस्दा पनि आउँछ। विदेशमा बस्दा झन् बढी आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
ममीको त सबैकुरा याद आउँछ नि। यहाँ एक्लो भइन्छ। ममीले गर्ने माया, ममता, केयरिङ्ग सबै याद आउँछ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
मलाई त हाम्री ममीले बनाउने सबै खानेकुरा मनपर्छ। आमाले पकाउने सबै खानेकुरा मिस गर्छु।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
पार्वती खड्का हो ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
आफ्नो इच्छाहरु विस्तारै पूरा हुँदैछन्। अब ममीको इच्छाहरु पूरा गर्न चाहन्छु। उहाँको हरेक इच्छा पूरा गर्नसकूँ भन्ने लाग्छ।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
धेरै धेरै माया गर्छु हजुरलाई, ममी।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
लहैलहैमा लागेर, अरुले भनेको सुनेको भरमा नआउनुस्। राम्रोसंग रिसर्च गरेर मात्र आउनुस्।