अष्ट्रेलियाको पर्थ क्षेत्रमा आगामी हप्तासम्म पनि केही प्रतिबन्धहरु कायम रहने

0
128

पर्थ। अष्ट्रेलियाको पर्थ तथा पील क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणका लागि गत शुक्रबारदेखि तीन दिने लकडाउन जारि गरिएको थियो भने लकडाउन अन्त्यपछि पनि यो शनिबारसम्म प्रतिबन्धहरु जारी छन्। वेस्टर्न अष्ट्रेलिया सरकारले आगामी हप्ता अर्थात् मार्च ८, शनिबार बिहान १२:१ सम्मका लागि केही प्रतिबन्धहरु जारि रहने बताएको छ।

आगामी हप्ताका लागि घोषणा गरिएका नयाँ नियम अनुसार, घर बाहिरका इन्डोर ठाउँमा मास्क अनिवार्य लगाउनुपर्नेछ। काम गर्ने ठाउँ तथा सार्वजनिक यातायातमा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ। तर बाहिर खुल्ला ठाउँमा भने भौतिक दूरी कायम राख्न नसक्ने अवस्थामा मात्र मास्क लगाउनु पर्नेछ।

घरभित्र ३० जनासम्म मात्र जम्मा हुन सकिनेछ। विवाह तथा अन्तिम संस्कारको काममा २०० जनासम्म भेला हुन सकिनेछ।