काठमाडौं । अचार भन्ने बित्तिकै धेरैजसो नेपाली मुख रसाउँछ। परिवारको सानो भान्सा होस् या त सयौं मानिस भेला हुने ठूलो भोज होस्, अचार बिना नेपालीहरुको खाना अधुरो जस्तै हुन्छ । अचार विभिन्न फलफूल तथा तरिकारीको बनाउन सकिन्छ । तरकारीको रुपमा अत्यन्तै मन पराउने च्याउको पनि अचार स्वादिष्ट हुन्छ ।
आवश्यक सामग्री
च्याउ
हरियो खुर्सानी, अदुवा, लसुन, तीलको धुलो
खुर्सानीको धूलो, जिरा धनियाँको धूलो
कागतीको रस, नुन, बेसार, मेथी
विधि
एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने ।
अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने ।
त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने ।
अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, खुर्सानी र नुन राखेर चलाउने र केही छिन पकाउने ।
त्यसपछि त्यसमा तीलको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र पकाउने ।