थप चार हजार ८९७ मा कोरोना पुष्टि

0
67

१५ वैशाख काठमाडौँ

नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा चार हजार ८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

तेह« हजार ८७९ को पीसीआर गर्दा चार हजार ७७४ र ९५५ जनाको एन्टीजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाभित्र मृत्यु हुनेको सङ्ख्या भने १० रहेको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।