गोरखा समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रकाश बस्ताकोटी

0
206

सिड्नी। गोरखा समाज अष्ट्रेलियाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाले नयाँ वर्ष २०७८ को शुभकामना तथा सांस्कृतिक प्रस्तुति सहित साधारणसभा आयोजना गरेको थियो। शनिबार सम्पन्न उक्त साधारणसभामा डिल्ली ढकाल र उमेश पन्त सम्मिलित निर्वाचन कमिटी मार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

नेपालको गोरखा घर भई हाल अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुको संस्था गोरखा समाज अष्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा प्रकाश बस्ताकोटी र उपाध्यक्षमा आनन्द श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा योगेन्द्र जोशी, सचिवमा रितु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल र सहकोषाध्यक्ष्यमा कृष्ण भट्ट चयन हुनुभएको छ। त्यसैगरी, संस्थाको सदस्यहरुमा ईश्वर दाहाल, दिनेश श्रेष्ठ, सुरेन्द्र दवाडी, हरि मल्ल, राधा ढकाल, रञ्जन देवकोटा, सन्तोष तिवारी, रञ्जित वन्त, सञ्जिव अम्गाई, गणेश भट्ट, रमिला पोखरेल, सुजन श्रेष्ठ, अञ्जन श्रेष्ठ, प्रेम खड्का र सञ्जिव खत्री रहने हुनुभएको छ ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रकाश बस्ताकोटीले संस्थाका हालसम्मका राम्रा कार्यहरुलाई निरन्तरता दिंदै नेपाली समुदायका लागि प्रभावकारी हुने नयाँ कार्यक्रमहरु समेत संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन पोखरेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदुत दिपक खड्का, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथवेल्स राज्यसमिति संगोजक देव गुरुङ, सिड्नी साउथ वेस्ट नेपाली समाजका डा। देवेन्द्र सापकोटा लगायत व्यक्तित्वहरु अतिथिको रुपमा सहभागी हुनुभएको थियो। उहाँहरुले संस्थाले नेपाली समुदायको हितका निम्ति खेलेको भूमिकाको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।