अष्ट्रेलियामा मेडिकल रिसेप्सनिस्टको जागिर र तलब

0
278

मेडिकल अफिसमा प्रशासनिक कार्य गर्ने व्यक्ति मेडिकल रिसेप्सनिस्ट हो जसले क्लरिकल सम्बन्धि सम्पूर्ण काम गर्दछ। मेडिकल रिसेप्सनिस्टले स्वास्थ्य सेवा दिने संस्थाहरुमा बिरामीका साथै अरु व्यक्तिहरुलाई पनि सेवा दिनुपर्छ। मेडिकल रिसेप्सनिस्टको काम साधारणतया दिनभरी हुन्छ तर चौबिस घण्टा सेवा दिने ठाउँमा रातिको समयमा पनि काम गर्नुपर्ने हुन्छ।

मेडिकल रिसेप्सनिस्टको काम तथा जिम्मेवारी :
१ – फोन उठाउनु ,आगन्तुकहरुलाई अभिवादन गर्नु साथै सोधेको प्रश्नको जवाफ दिनु।
२ – बिरामीको नाम रजिस्टर्ड गर्नु साथै औषधि उपचारकालागि डाक्टरसँग समय तालिका मिलाइदिनु। ***
३ – बिरामीको रेकर्ड तथा अकाउन्ट बारे गोपनीयता कायम राख्नु।
४ – मेडिकल फ़ाइल्सको विश्लेषण गर्नु।
५ – फाइनान्सियल सूचनाहरु बारे जानकारी राख्नु।
६ – क्लिनिकल स्टाफहरुसँग सम्पर्क राख्नु।
७ – अफिसमा प्रयोग हुने उपकरण तथा सामानहरुको अर्डर गर्नु।  

यस पेशामा आबद्ध हुनका लागि हाई स्कूल डिप्लोमा अथवा सो सरहको सर्टिफिकेटको आवश्यक हुन्छ। तर कुनै संस्थाहरुले क्लिनिकल प्रोग्राममा  डिग्री गरेको , तालिम लिएको तथा मेडिकल क्षेत्रमा काम गरेको व्यक्तिलाई प्राथमिकता दिन्छन्।

पेस्केलका अनुसार, अष्ट्रेलियामा मेडिकल रिसेप्सनिस्टको प्रति घण्टा औसत तलब २३.७० अष्ट्रेलियन डलर रहेको छ।मेडिकल रिसेप्सनिस्टको आधारभूत कुराहरु थाहा भएको र सम्बन्धित काममा एक वर्षभन्दा कम समयको अनुभव भएको व्यक्तिले प्रति घन्टा औसत २१.८६ अष्ट्रेलियन डलर पाउन सक्छ। एकदेखि चार वर्षको अनुभव भएको मेडिकल रिसेप्सनिस्टले प्रति घण्टा औसत २३ अष्ट्रेलियन डलर पाउन सक्छ भने पाँच देखि नौ वर्षको अनुभव भएको मेडिकल रिसेप्सनिस्टले प्रति घण्टा औसत २४ .६१  अष्ट्रेलियन डलर पाउन सक्छ।

त्यस्तै, दशदेखि उन्नाइस वर्षको अनुभव भएको मेडिकल रिसेप्सनिस्टले प्रति घण्टा औसत २५.०५ अष्ट्रेलियन डलर पाउन सक्छ भने बीस वर्ष भन्दा माथिको अनुभव भएको मेडिकल रिसेप्सनिस्टले प्रति घण्टा औसत २५.४३ अष्ट्रेलियन डलर पाउन सक्छ।