सफा र चम्किलो अनुहारका लागि: अण्डाको फेस प्याक

0
81

शरीरको लागि मात्र नभई छाला र कपालको लागि पनि अण्डा निकै नै फाइदाजनक हुन्छ। अन्डाको सेतो भागमा मिनरल्स, भिटामिन र प्रोटिन पाउने हुँदा, अण्डाको सेतो भागलाई ब्युटी ट्रिटमेन्टको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ।

फेस प्याक :
अन्डाको सेतो भागलाई एन्टी एजीङ ट्रीटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ। यसको लागि अन्डाको सेतो भागलाई लिनुहोस्। पहिलो कोट छालामा लगाई सकेपछि माथी बाट टिस्यु पेपर टास्नुहोस् र पुन अन्डाको दोस्रो कोट लगाउनुहोस्। यो कक्रक्क भएपछि सफा पानीले धुनुहोस। यसो गर्नाले छाला कसिलो हुनुका साथै चाउरीपना पनि हट्छ।

सफा छालाको लागि फेस प्याक :
अनुहारमा भएको दाग धब्बा हटाउनको लागि एक चम्चा अन्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा कर्न स्टार्च मिसाउनुहोस्। यसले तपाइको अनुहारबाट ब्ल्याकहेड्स हटाउनुका साथै दाग धब्बा पनि टाढा राख्छ। यदि छालामा चिल्लो छ भने यसमा एक चम्चा कागतीको रस र मह पनि मिसाउन सक्नुहुन्छ। जसले गर्दा अनुहारको फोहोर हटाउछ र अनुहार सफा देखिन्छ।