अभिनेत्री सुपुष्पा र निर्माता रौनक विक्रमबीच इन्गेज्मेन्ट

0
95

अभिनेत्री सुपुष्पा भट्टको निर्माता रौनकविक्रम कँडेलसँग इन्गेज्मेन्ट भएको छ । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेज्मेन्ट समारोहमा दुबै तर्फमा नजिकका आफन्त र साथीभाई गरेर सिमित ब्यक्तिको मात्र उपस्थिति रहेको थियो ।विवाहको मिति भने फाइनल हुन बाँकी रहेको बताइएको छ ।

सुपुष्पा ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् । ‘रणवीर’पछि उनले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ अभिनय गरेकी थिइन् । फिल्म ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउँन बाँकी रहेको छ ।

रौनकबिक्रम फिल्म निर्माता हुन् । उनले ‘कबड्डी कबड्डी’ सहित रामबाबु गुरुङको निर्देशन रहेको केही फिल्म निर्माण गरेका छन् ।