नेताहरुलाई कोरोना संक्रमण भएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

0
105

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । 

‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ’, नेता महतले जानकारी दिए ।