काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी

0
131

कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको हो। बैठकले लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा भने मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ । मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ । 

बैठकले वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भने गरेको छ। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ। रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । 

सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।