धरहराले जस्तै मेरो देशले कहिले उठ्ने पाउने? : अभिनेत्री गौरी मल्ल

0
140

काठमाडौँ । आज २०७२ सालको विनाशकरी भुकम्प गएको ६ वर्ष पुगेको छ। अहिले विभिन्न कोणबाट महाभूकम्पको
सम्झना भईरहेको छ। भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण
भएको छ । जसको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै खुसी छन् । सबैको चिन्ताको विषय देश उठ्न
नसकेकोमा रहेको छ । अभिनेत्री गौरी मल्लले पनि यस्तै चिन्ता व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा उनले धरहरा
उठेको खुसी ब्यक्त गर्दै देश उठ्न नसकेकोमा चिन्ता व्यक्त गरेकी छन्।

‘धरहरा पटक–पटक ढल्यो र पटक–पटक उठ्यो पनि । लाग्छ यसपाली धरहराले बलियो बनोट पाएको छ । शानले पुनः
एकपटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो, धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन ।’उनले
सामाजिक संजालमा लेखेकी छन्।

उनले अगाडि केही प्रश्न समेत गरेकी छन् ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’ हरेक कोण–कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! ’