अष्ट्रेलियाको पर्थमा आज समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य

0
115

पर्थ। वेस्टर्न अष्ट्रेलियाको पर्थमा आज समुदाय स्तरमा कोरोना भाइरस संक्रमितको संख्या शुन्य रहेको छ। शनिबार समुदाय स्तरमा एक जनामा संक्रमण पुष्टि भएतापनि आइतबार भने एक जना अन्तर्राष्ट्रिय यात्रीमा मात्र संक्रमण पुष्टि भएको हो।

पर्थमा अहिले तीन दिने लकडाउन जारी छ। पर्थमा क्वारेन्टिनमा बसेर मेलबर्न गएका व्यक्तिमा संक्रमण पुष्टि भएपछि पर्थमा शुक्रबार मध्यरातीदेखि लकडाउन जारी छ। समुदाय स्तरमा शनिबार एक जनामा संक्रमण देखिएतापनि आइतबार शुन्य संक्रमण रहेका कारण सर्वसाधारणले मंगलबारदेखि लकडाउन हट्ने आशा राखेका छन्।

यता पर्थका प्रिमियर मार्कले भने अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन्। उनले मंगलबार हुने निर्णयको अहिल्यै अनुमान गर्नु चाँडो हुने उल्लेख गर्दै अझै धेरैभन्दा धेरै परिक्षणको आवश्यकता रहेको बताएका छन्।