

मेलबर्न। अष्ट्रेलियाले २०१९ देखि ग्लोबल ट्यालेन्ट इनडिपेण्डेण्ट प्रोग्राम (जीटिआई) शुरु गरेको छ। यो प्रोग्राम अष्ट्रेलियन पीआर भिसा प्राप्त गर्न चाहने उच्च दक्ष व्यक्तिहरुका लागि हो। २०१९ मा यस प्रोग्राम अन्तर्गतको पीआर भिसाका लागि ५ हजार कोटा छुट्टाइएको थियो भने २०२०/२१ मा १५ हजार कोटा छुट्टाइएको छ।
यस प्रोग्राम अन्तर्गत अष्ट्रेलियामा बस्ने मात्र नभई अष्ट्रेलिया बाहिर बस्नेहरुले पनि पीआर भिसाका लागि आवेदन दिन सक्छन्। स्वास्थ्य क्षेत्र, ऊर्जा, एड्भान्सड म्यानुफ्याक्चरिंग, पर्यटन क्षेत्र, शिक्षा क्षेत्र, वित्तीय क्षेत्र डिजीटेक आदि क्षेत्रमा काम गर्ने दक्ष तथा अनुभवी व्यक्ति यो भिसाको लागि योग्य ठहरिन्छन्। त्यसैगरी, पीएचडी ग्राजुएटहरुले यो भिसाका लागि आवेदन दिन सक्छन्।
जीटिआईका लागि अष्ट्रेलियन सरकारले आवेदकको कमाईको थ्रेसहोल्ड राखेको छ। जसअनुसार, आवेदकको वार्षिक कमाई १ लाख ५३ हजार ६ सय अष्ट्रेलियन डलर हुनुपर्छ। र, हाल उक्त थ्रेसहोल्ड भन्दा कम कमाई भएकाहरुले आफ्नो पेशा तथा आफ्नो अनुभव अब त्यति आम्दानी गर्न सक्नेछ भनि प्रमाणित गर्नुपर्ने हुन्छ। https://immi.homeaffairs.gov.au/