भारतमा शनिबार सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

0
62

कोरोनाको दोस्रो लहर भारतमा खतरनाक हुँदै गईरहेको छ। शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७१ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ। हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबै भन्दा धेरै हो। भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको छ। यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात दिएका छन् । 

साथै एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान घुमेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ। 

भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख पार भएको छ। हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।