‘पहिले आफू विदेशमा, अहिले सन्तान अष्ट्रेलियामा: कहिले बस्न पाइएला र संगै!’

0
187

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले भक्तपुर, ठिमी निवासी शान्ती थापाजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरी छोरीले पठाइदिएकी हो।

यसरी छोरीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
निकै खुसी लाग्यो नि। राम्रो लाग्यो एकदम।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
मेरा त दुइटै छोराछोरी उतै छन्। एउटा गएको ८/९ वर्ष भयो अनि अर्को ४ वर्ष भयो।

यसरी छोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
नराम्रो लाग्छ नि। पहिले म विदेशमा थिएँ। अहिले उनीहरु गएका छन्। संगै बस्न पाइएको छैन।

छोराछोरीको कुन कुरा बढी याद आउँछ ?
आफू बिरामी हुँदा, उनीहरु बिरामी हुँदा बढी याद आउँछ। अहिलेसम्म चाडपर्व संगै मनाउन पाइएको छैन। चाडपर्वमा धेरै याद आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
म धेरै वर्ष विदेश बसें अनि उनीहरु विदेश गए। उनीहरुलाई के मनपर्छ भन्ने कुरा नै मलाई राम्रोसंग थाहा छैन।

हजुर छोरा छोरी बसेको ठाउँमा जानुभएको छ ?
अहिलेसम्म गएकी छैन।

छोराछोरी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
मलाई त पढाइ सकेर नेपालमै फर्किए हुन्थ्यो भन्ने लाग्छ। तर उनीहरु मान्दैनन्।

छोराछोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग पढ्नु, राम्रोसंग बस्नु। मैले धेरै मिस गरेकी छु।