राष्ट्रलाई बचाउने जिम्मेवारी जनतामा छ : रामचन्द्र पौडेल

0
455

चितवन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले देश र संबिधानलाई धरापमा पारेको बताउनुभयो । आज शुक्रबार पुर्वी चितवनमा आफनै भाई गोविन्दराज पौडेलको १२ औ दिनको पून्य तिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले काङ्ग्रेसले लाएको संविधानलाई अहिले सत्तामा बसेका नेताहरुले धरापमा पारेको भन्दै अब राष्ट्रलाई बचाउने जिम्मेवारी जनताको रहेको बताउनुभयो ।

शक्ति केन्द्रको खेलले राष्ट्रमा संकट आएको बताउदै उहाँले सबैजनाले इतिहाँस , पहिचान र राष्ट्र प्रती गम्भीर हुनु पर्ने बेला आएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले शक्तिको चलखेलले नेपाल नै धोष्त हुने बेला आएको बताउनुभयो । पाट्टि बलियो भए नेता बलियो हुने भन्दै उहाँले अहिले पाट्टि भन्दा नेता बलियो बन्न खोज्दा देशले समस्या झेल्नु परेको बताउनुभयो ।

नेता पौडेलले स्वर्गीय भाईको सम्झना गर्दै आफुले ठूलो सहयोगी गुमाएको बताउनुभयो । उहाँले गोविन्दराज पौडेल भाइ मात्र नभई आफ्नो घरको अभिभावक समेत रहेको बताउनुभयो । श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य मिलन बाबू श्रेष्ठ , आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल चितवन पाट्टि सभापति जीतनारायण श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।