अष्ट्रेलियाबाट आमालाई एडभान्समै ‘ह्याप्पी मदर’स् डे’

0
340

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको सिड्नीमा रहनुभएका रोशन भट्ट क्षेत्रीजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
नवलपरासी, बर्दघाटमा हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१६ मा आएको हूँ।

हाल के गर्दै हुनुहुन्छ ?
काम गर्दैछु। सेफ हूँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
धेरै याद आउँछ नि। यहाँ विदेश आइसकेपछि एक्लो महसुस हुन्छ अनि झन् धेरै याद आउँछ।

आमाको के कुरा बढी सम्झना आउँछ?
यो कुरा भन्ने नै छैन। आमाको हरेक कुरा याद आउँछ।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
लक्ष्मी भट्ट क्षेत्री ।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
उहाँको हरेक इच्छा पूरा गर्न सकूँ भन्ने हुन्छ। आमालाई सधै खुसी देख्न चाहन्छु।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले पकाएको खसीको मासु एकदमै धेरै याद आउँछ।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
आमाको मुख हेर्ने दिन आउंदैछ। यहाँ बसे पनि आमाको मुख हेर्ने दिन गनेर बसेको छु। आमालाई एडभान्समै ‘ह्याप्पी मदर’स् डे’ भन्न चाहन्छु।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
केही सिप सिकेर आउनुहोला अनि सजिलो हुन्छ।