अष्ट्रेलियाको पर्थमा शुक्रबार मध्यरातीदेखि लकडाउन

0
227

पर्थ। वेस्टर्न अष्ट्रेलियाको पर्थमा शुक्रबार मध्यरातीदेखी लकडाउन हुनेभएको छ। पर्थको होटल क्वारेन्टिनमा पाहुनाको रुपमा बसेका र क्वारेन्टिन पछि फर्किएका मेलबर्नका व्यक्तिमा संक्रमण पुष्टि भएपछि राज्य सरकारले लकडाउनको घोषणा गरेको हो। ती व्यक्ति क्वारेन्टिन अवधि सकिएपछि ५ दिनसम्म पर्थमा बसेको र त्यस अवधिमा विभिन्न ठाउँमा पुगेकोले लकडाउन निर्णय गरिएको बताइएको छ।

लकडाउन पर्थ र पील क्षेत्रका लागि लागु हुनेछ। शुक्रबार मध्यरातीदेखि तीन दिनसम्म लकडाउन लागु हुनेछ। यो अवधिभर घरबाट गर्न नसकिने कार्यालयको काम, अत्यावश्यक सामानको खरिद, स्वास्थ्य उपचार र रेखदेखको खाँचो भएकाहरुलाई भेट्न मात्र र चार जनासम्म एक्सरसाइज गर्नका लागि अनुमति हुनेछ।

त्यसैगरी, शुक्रबार बेलुका ६ बजेदेखि नै मास्क अनिवार्य गरिएको छ।