आमाको माया: अष्ट्रेलियाबाट छोरीले पठाएको केक खाँदा पनि उसैलाई सम्झिएँ

0
117

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले काभ्रे निवासी उर्मिला उप्रेतीजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरी कान्छी छोरीले अष्ट्रेलियाबाट पठाएकी हो।

यसरी छोरीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
सरप्राइज पठाइदिएकी रै’छ। खुसी लाग्छ नि। आफ्नो सन्तानले यसरी सम्झिँदा, सरप्राइज पठाइदिंदा कुन चाहिं बाबु-आमाको मन खुसी नहोला र !

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
२ वर्ष भयो ।

यसरी छोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
खुसी पनि लाग्छ, पिर पनि पर्छ। मेरा दुइटै छोरी अनि ज्वाई उतै छन्। एक कुराले हेर्दा आनन्द पनि लाग्छ। उनीहरु खुसी छन् त्यहाँ। अर्कोतिर हेर्दा, आफ्ना सन्तान नजिकै भइदिए हुन्थ्यो भन्ने हुन्छ। आफ्नो देशको स्थिति यस्तो छ। जबर्जस्ती यतै बस पनि कसरी भन्न सक्नु ! आफ्नो भविष्यको लागि गएका हुन्। राम्रै मान्नुपर्यो।

छोरीको कुन कुरा बढी याद आउँछ ?
आमालाई आफ्ना छोराछोरीको सबैकुरा याद आउँछ नि।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
उसलाई केक असाध्यै मनपर्छ। मेरो जन्मदिन भनेर सरप्राइज केक पठाइदिएकी रै’छ। केक टु नेपालले बेलुका ल्याइदिंदा बल्ल थाहा पाएँ। उसैले पठाएको यो केक खाँदा पनि उसलाई नै सम्झिएँ।

हजुर छोरी बसेको ठाउँमा जानुभएको छ ?
गएकी छैन। अब त्यो छोरीको ग्राजुएसन कि के कार्यक्रममा जाने भनेको। कोरोना छ। के हुन्छ खै ! भाग्यले साथ दिएछ भने जाने हो त्यतिबेला।

छोरी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
उनीहरु जे गर्दा खुसी हुन्छन् , त्यही गरुन्। मनमा खुसी, सन्तोष भयो भने शरीरमा रोग पनि कम लाग्छ। सबैभन्दा ठूलो कुरा आफ्नो मनमा सन्तोष, शान्ति हुनु हो। अब आमाको मनले त यहीं भए हुन्थ्यो संगै भन्छ नि। तर त्यो भनेर भएन। उनीहरुको खुसी मेरो लागि ठूलो हो।

छोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
दु:ख कष्ट नपरोस्। हामी बाबु-आमाको आशिर्वाद छ। खुसीका साथ बस्नु।