मेलबर्न-नेपालद्वारा नेपाली विद्यार्थीहरुका लागि नि:शुल्क करियर काउन्सिलिङ्ग कार्यक्रम

0
107

मेलबर्न। मेलबर्न-नेपालले नेपाली विद्यार्थीहरुका लागि नि:शुल्क करियर काउन्सिलिङ्ग कार्यक्रम ‘ग्राजुएट सपोर्ट एण्ड कोचिङ्ग’ आयोजना गर्ने भएको छ। मेलबर्न नेपाल विद्यार्थीहरुको हक-हितका साथै मनोरन्जनका लागि सामाजिक संजाल मार्फत शुरु गरिएको समूह हो।

अष्ट्रेलियामा रहेका ऊर्जाशील नेपाली युवाहरुको यस समूहले मनोरन्जन र संगै विद्यार्थीहरुका लागि उपयोगी विभिन्न कार्यक्रमहरुको थालनी गरेको छ। जसमध्ये करियर काउन्सिलिङ्ग कार्यक्रम पनि एक हो।

मेलबर्न-नेपालद्वारा प्रकाशित सुचनामा भनिएको छ, ग्राजुएट गरिसकेका नेपाली विद्यार्थीहरुले आफूमा क्षमता हुँदाहुँदै पनि चाहेजस्तो जागिर पाउन सकिरहेका छैनन्। यसको लागि विद्यार्थीहरुलाई सुझाव, सल्लाह तथा सही मार्गनिर्देशनको खाँचो छ। यही कुरालाई मनन गरेर मेलबर्न-नेपाल व्यवस्थापन समूहले ग्राजुएट सपोर्ट एण्ड कोचिङ्ग कार्यक्रमको अवधारणा बनाएको हो।

कार्यक्रममा प्रशिक्षकहरुले विद्यार्थीलाई जागिर खोज्ने तरिका, कभर लेटर लेख्ने तरिका, रिज्युम लेख्ने तरिका, लिङ्क्डइन अकाउन्टलाई आकर्षक र सक्रिय बनाउने तरिका, कम्पनी प्रतिनिधि तथा सीइओसंग कुराकानी गर्ने तरिका लगायत विषयमा प्रशिक्षण दिनेछन्।

कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीले फेसबुक, फोनकल या [email protected] छिटोभन्दा छिटो सम्पर्क गर्न मेलबर्न-नेपालले आग्रह गरेको छ। प्रशिक्षकहरुको नाम छिट्टै सार्वजनिक गर्ने आयोजक समूहले बताएको छ। विस्तृत जानकारीको लागि तस्बिर हेर्नुहोस् :