घरमै यसरी बनाउन सकिन्छ स्वादिलो कुल्फी

0
661

काठमाडौं । चिसो खानेकुरा मन पराउनेहरुको लागि कुल्फी स्वादिलो र मीठो परिकार हो । बाहिरको कुल्फी स्वस्थकर हुने सम्भावना कम हुने हुँदा , तपाईंले घरमै बनाएर पनि बच्चाहरुलाई कुल्फी खुवाउन सक्नुहुनेछ ।

आवश्यक सामग्री : दुध, चिनी, काजु, बदाम, पिस्ता, केशर आदि
बनाउने विधि :

दुधलाई उमाल्ने ।
दुध उमाल्दा बाक्लो हुँदै गएपछि चिनी राख्ने ।
चिनी राखिसकेपछि काजु, बदाम, पिस्ता, केशर आदि सबै राख्ने ।
त्यसपछि चलाउँदै उमाल्ने ।
दुई लिटर दुध आधा लिटर हुनेगरि उमालिरहने ।
दुधलाई चिसो बनाउन राख्ने ।
चिसो भएपछी माटोको भाँडा वा कचौरामा राखेर सजाउने ।
त्यसपछि त्यसलाई छोप्ने र ६ देखि ७ घण्टासम्म फ्रिजमा राख्ने
थप जानकारीको लागि भिडियो हेर्नुहोस् :