अष्ट्रेलियामा निधन भएका विद्यार्थीको शव घर पुर्‍याउनका लागि सहयोगको अपिल

0
214

मेलबर्न। अष्ट्रेलियामा निधन भएका विद्यार्थीको शव घर पुर्‍याउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए भिक्टोरियाले अपिल गरेको छ।

भिक्टोरिया राज्यको बेनडिगोमा नेपाली विद्यार्थी आकाश गमलको निधन भएको छ। २० वर्षीय गमलको बुधबार निधन भएको हो। उनको विस्तृत परिचय, तस्बिर भने एनआरएनए भिक्टोरियाले गोप्य राखेको छ। सहयोगका लागि गरिएको आग्रहमा भनिएको छ : आकाशको परिवारले उनको अन्तिम बिदाई घरबाट होस् भन्ने चाहन्छ। हामीले यो प्रक्रियामा लाग्ने खर्चका लागि सहयोग गर्न यो अभियान शुरु गरेका हौँ।

विस्तृत जानकारीका लागि या आर्थिक सहयोगका लागि क्लिक गर्नुहोस् >> https://www.gofundme.com/f/aakash-gamal