अष्ट्रेलियामा रहेकी बुहारीलाई सासूआमाको संदेश: मीठो खानेकुरा पकाउँदा तिमीलाई सम्झिन्छु

0
195

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले रामेछाप घर हुनुभएकी शान्ता गिरिजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
मेरी बुहारीले पठाइदिएकी हुन्। अष्ट्रेलियामा छिन्।

यसरी बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै खुसी लाग्यो। बुहारीले यसरी सम्झिँदा पनि कसलाई खुसी लाग्दैन होला र !

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
अब दुई वर्ष पुग्न लाग्यो।

यसरी बुहारीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
नराम्रो लाग्छ नि। आफ्ना छोरा-बुहारी आफूसंगै भए हुन्थ्यो जस्तो लाग्छ । के गर्नु, उनीहरुको भविष्य पनि हेर्नुपर्यो।

उहाँको कुन कुरा बढी याद आउँछ ?
हाँसेको, बोलेको। बुहारी हुँदा घर अर्कै रमाइलो हुन्छ। उनको सबैकुरा याद आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
घरमा मीठो खानेकुरा पाक्दा त साह्रै याद आउँछ। चाडपर्वमा अझ धेरै याद आउँछ ।

बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ?
मलाई त २/४ वर्ष कमाएर अनि यतै फर्किए हुन्थ्यो भन्ने लाग्छ। आफ्नै देशमा सबैजना संगै मिलेर बस्नपाए हुन्थ्यो भन्ने लाग्छ।

बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि?
मलाई यसरी नै माया गरिराख्नु। भगवानले तिम्रा सबै इच्छा पूरा गरिदिउन्। तिमीलाई राम्रो होस्।