

मेलबर्न। अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताको छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका) ले अष्ट्रेलियाको बोर्डर खुल्ने/नखुल्ने सम्बन्धमा भ्रम नफैलाउन आग्रह गरेको छ। संस्थाले नेपालबाट संचालित संचारमाध्यममा यस विषयमा भ्रमपूर्ण खबरहरु प्रकाशित भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको हो।

मंगलाबार जारी विज्ञप्तिमा एकाले अष्ट्रेलियन संचारमाध्यममा २०२४ सम्म अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर कोरोना महामारी भन्दा पहिलेको अवस्थामा फर्कने सक्ने सम्भावना कम रहेको समाचार प्रकाशित भएकोमा केही नेपाली अनलाइनहरुले त्यही समाचारलाई आधार मानेर २०२४ सम्म विद्यार्थी अष्ट्रेलिया आउन नसक्ने आशयका समाचार प्रकाशित गरेकोले संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, अष्ट्रेलिया सरकारले हालसम्म २०२१ जुन १७ सम्मका लागि मात्र बोर्डर बन्द रहेको घोषणा गरेको छ। त्यसैगरी, शैक्षिक क्षेत्र अष्ट्रेलियाका लागि दरिलो आर्थिक श्रोत भएका कारण अष्ट्रेलियन सरकार तथा यहाँका राज्यहरुले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउनका लागि विभिन्न गृहकार्य गरिरहेका छन्। त्यसैले विद्यार्थी तथा अभिभावकलाई भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गर्दछौं।
विज्ञप्ति :
