थिएटर र ओटीटीमा एकसाथ सलमानको ‘राधे’

0
372

मुम्बई–कोरोना दोस्रो लहरले बलिउड पूर्ण रुपमा प्रभावित भएको छ । साना तथा ठूला फिल्मको रिलिज मिति सर्न थालेपछि निर्माताहरु निकै चिन्तित बनेका छन् । बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर एक नयाँ समाचार सार्वजनिक भएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार गत वर्ष कोरोना भाइरसको महामारीका कारण ईदमा रिलिज हुन नपाएको आफ्नो फिल्मलाई थिएटरमा रिलिज गर्नका लागि सलमानले नयाँ बाटो रोजेका छन् ।

अब यो फिल्म थिएटरसँगै ओटीटी प्लेटफर्म र सबै डीटीएच प्लेटफममा रिलिज हुनेछ । फिल्मको ओटीटी राइट्स जी५सँग छ । तर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुनु अघि थिएटरमा रिलिज हुने सलमानले अडान लिँदै आएका थिए ।

फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’मा सलमानसँगै दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डालगायतको अभिनय छ । प्रभु देवा निर्देशित यो फिल्म ‘पे पर व्यू’ शैलीमा जीप्लेक्स र डीटीएच च्यानलमा एकसाथ स्ट्रिम गरिनेछ । जहाँ फिल्म हेर्नका लागि दर्शकले निश्चित रकम तिर्नुपर्नेछ ।