अष्ट्रेलियन पीआरका लागि रिजनल जान चाहनेले सही योजना बनाउनु आवश्यक

0
1194

अष्ट्रेलियाको रिजनल क्षेत्र अहिले पीआर चाहनेहरुका लागि आकर्षक गन्तव्य बनिरहेको छ। तर रिजनलको यात्रा तय गर्नु अगाडी विद्यार्थीले आफ्नो कोर्समा पीआरको सम्भावना कति छ ? कोर्स परिवर्तन गर्नु परेमा के गर्ने? कस्तो कोर्स लिने ? कहाँ पढ्ने ? छात्रवृत्ति कसरी लिने? रिजनलमा अहिले पीआरको सम्भावना कस्तो छ? रिजनल जाँदा कस्ता चुनौती आउन सक्लान् ? आदि कुराहरु जान्नु जरुरी छ। विद्यार्थीहरुलाई सहज वातवरण सिर्जना गरिदिएर सही जानकारी दिंदै आफ्नो क्षेत्रमा पहिचान बनाउन सफल डाँफे कन्सल्टिङ्गले विद्यार्थीहरुमाझ यिनै प्रश्नहरु जवाफ लिएर आएको छ। मेलबर्नमा डाँफे कन्सल्टिङ्गले नि:शुल्क एजुकेशन एण्ड माइग्रेसन एक्स्पोको आयोजना गरेको छ।

अप्रिल २६ मा हुन लागेको एजुकेशन एण्ड माइग्रेसन एक्स्पोको उद्देश्य तथा विद्यार्थीहरुका लागि यसको महत्वको विषयमा आज हामीले डाँफे कन्सल्टिङ्गका निर्देशक सन्तोष कर्णसंग कुराकानी गरेका छौं। निर्देशक कर्णसंग गरिएको संक्षिप्त कुराकानी :

एजुकेशन एण्ड माइग्रेसन एक्स्पो आयोजनाको मूख्य उद्देश्य बारे बताइदिनुहोस् न !
डाँफे कन्सल्टिङ्ग २०१४ मा नेपाल र अष्ट्रेलियामा एकैपटक संचालनमा आएको थियो। त्यसयता हामीले अष्ट्रेलियामा पढ्न चाहने तथा बसाईसराई गर्न चाहने नेपालीहरुका लागि सेवा दिंदै आएका छौं। विद्यार्थीहरुले हाम्रो सेवाप्रति देखाउनुभएको विश्वासका कारण नै डाँफे कन्सल्टेन्सी काठमाडौं, चितवन, अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा कार्यालयहरु स्थापना गरेर संचालित छ। त्यसैगरी हामीले भारतका केही एसोसियट्स पाट्नरहरूसँग मिलेर समेत काम गर्दै आएका छौं। यो यात्रामा हामीले विद्यार्थीलाई सहज र सुलभ तरिकाले सेवा प्रदान गर्न सकियोस् भन्ने हेतुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छौं। त्यसमध्ये २६ अप्रिलमा हुन लागेको नि:शुल्क एजुकेशन एण्ड माइग्रेसन एक्स्पो पनि एक हो। यस मार्फत विशेषगरी रिजनल जना चाहने नेपाली विद्यार्थीहरुका लागि सही सुचना प्रवाह गरेर सहजता दिलाउनु हाम्रो उद्देश्य हो।

यस एक्स्पो मार्फत विद्यार्थीले कस्तो किसिमको लाभ लिन सक्छन्?
अष्ट्रेलियन सरकारले रिजनल क्षेत्रमा आर्थिक, सामाजिक विकासका लागि माइग्रेसन लक्षित नीति अपनाएको छ। जसमा रिजनल क्षेत्रमा पढ्ने तथा काम गर्ने विद्यार्थीहरुका लागी रिजनल भिसा (सबक्लास १९०, सबक्लास ४९१) मार्फत पीआरको बाटो सहज बनाइएको छ। यसले गर्दा मेलबर्न, सिड्नी लगायत सहरमा अध्ययनरत विद्यार्थीहरु अहिले ताज्मानिया, एड्लेड, क्यानबेराका रिजनल क्षेत्रमा जान चाहन्छन्। तर कसरी बसाईसराई गर्न सकिन्छ, पढाईलाई कसरी निरन्तरता दिने, कुन कोर्स पीआरको लागि सहयोगी बन्न सक्छ आदि कुरामा विद्यार्थीमा अन्योलता हुन्छ र उनीहरुले सही योजना बनाउन सक्दैनन्। यो एक्स्पोमा शैक्षिक तथा माइग्रेसन क्षेत्रमा स्थापित अनुभवी परामर्शदाता र कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु रहनुहुनेछ। हामीसंग ५० भन्दा बढी कलेज आबद्ध भएतापनि ट्रेड कोर्ससंग सम्बन्धित कोर्स भएका कलेजका प्रतिनिधिहरु रहनुहुनेछ। विद्यार्थीहरुले उहाँहरुबाट सही सुचना लिने, अन्तरक्रिया गर्ने मौका पाउनेछन्।

हजुरले भन्नुभएको आधारमा हेर्दा, यो एक्स्पो पीआर लिने योजना बनाएका पूराना विद्यार्थीहरुका लागि मात्र हो त?
नयाँ विद्यार्थीहरुका लागि पनि यो एक्स्पो सहयोगी होस् भन्ने हामीले चाहेका छौं। नयाँ विद्यार्थीहरुले यो एक्स्पोमा आएर आफूले अहिले पढिरहेको विषय पछिको पीआरको लागि उपयोगी हुन सक्छ कि सक्दैन, विषय फेर्न परेमा कसरी फेर्न सकिन्छ, आफू बसिरहेको ठाउँमा र रिजनल क्षेत्रमा पीआरको सम्भावना कत्तिको फरक छ ? भन्ने बारे बुझ्न सक्नुहुन्छ। जसले गर्दा उहाँहरुलाई सही समयमा सही योजना बनाउन मद्दत पुग्नेछ।

एक्स्पोमा धेरै विद्यार्थीहरु सहभागी हुनेछन्, यस्तो अवस्थामा विद्यार्थीले कसरी हजुरले भन्नुभए जस्तै प्रभावकारी रुपमा सही सुचना लिन पाउलान्?
त्यसको लागि सही व्यवस्थापन जरुरि हुन्छ। हामीले दुईवटा सेसन छुट्टाएका छौं। दुई बजेदेखि सेमिनार रहेको छ। त्यसमा हामीले लाइट रिफ्रेसमेन्टको लागि समय छुट्टाएका छौं। ३ बजेदेखि ४ बजेसम्मको सेसन ग्रुप सेसन रहनेछ। यो माइग्रेसनसंग सम्बन्धित हुनेछ। त्यसपछिको सेसन चाहिं पढाइसंग सम्बन्धित हुनेछ। जसमा विद्यार्थीले एजुकेशन काउन्सिलरहरुसंग ‘फेस टु फेस’ कुरा गर्न सक्नेछन्। यदि कसैलाई त्यहाँ आफ्ना कुरा खुलेर सोध्न अप्ठ्यारो लाग्यो या सोध्ने पालो पाइएन, समय भएन भने भौचर उपलब्ध हुनेछ। त्यस मार्फत विद्यार्थीले सम्बन्धित प्रतिनिधिलाई पछि कुनै दिन सम्पर्क गरेर आफ्ना कुरा राख्न सक्नेछन्। र, एक्स्पोमा विद्यार्थी सिट क्षमता पनि ५० मात्र रहेको छ।

सहभागी भई सुचना लिन चाहने तर यो ५० सिट संख्या भित्र नपर्ने विद्यार्थीहरुका लागि यो अलि अन्यायपूर्ण नहोला र !
विद्यार्थीलाई त्यस्तो महसुस नहोस् भनेर हामीले यो एक्स्पोमा हुने सेसनको फेसबुकबाट लाइभ गर्ने योजना बनाएका छौं। हाम्रो फेसबुक पेजबाट विद्यार्थीले कार्यक्रम लाइभ हेर्न सक्नुहुनेछ। त्यस पश्चात पनि विद्यार्थीमा कुनै जिज्ञासा, अन्योलता भएमा हामीलाई सम्पर्क गर्नुहोस् भन्न चाहन्छु। डाँफे कन्सल्टिङ्ग सधै हजुरहरुको साथमा छ ।

यो एक्स्पो मार्फत विद्यार्थीले अन्य कुन-कुन कुरामा लाभ लिन सक्नेछन्?
कोर्स परिवर्तन गर्न चाहने विद्यार्थीहरुका लागि कलेज तथा युनिभर्सिटीले छात्रवृत्ति पनि उपलब्ध गराउनेछन्। कोर्स अनुसार छात्रवृत्ति तीन हजार डलर सम्मको हुन सक्नेछ। यो यति नै भन्नेछैन। कलेजको नियम, कोर्स अनुसार फरक-फरक हुनेछ। यसका साथै विद्यार्थीहरुका लागि लक्की ड्र पनि राखिएको छ। जसमा विद्यार्थीले विभिन्न उपहार जित्न सक्नेछन्।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने तर बोर्डर बन्द भएका कारण अन्योलमा रहनुभएका नेपाली विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ कि ?
बिदामा गएका विद्यार्थीहरुका लागि भिसा सकिएपनि सरकारले सहुलियत दिएको छ भिसामा। उनीहरुले अर्को भिसा लिंदा पैसा लाग्दैन। र, बोर्डर खुल्दा उनीहरु प्राथमिकतामा पर्न सक्छन्। सिंगापुरमा १४ दिन क्वारेन्टिन बसेर आउन सक्ने व्यवस्था गर्नका लागि अष्ट्रेलियन सरकारले पहल गरिरहेको छ। भारत र नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेकोले तत्काललाई नयाँ विद्यार्थी आउन सक्ने सम्भावना छैन। तर यसो भन्दैमा वर्षौं लाग्छ भन्ने पनि होइन। शैक्षिक क्षेत्र, अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियाको आर्थिक, सामाजिक विकासका लागि बलियो खम्बा भएका कारण सरकारले विद्यार्थीहरु भित्र्याउन विकल्प खोजिरहेको देखिन्छ। अष्ट्रेलियाका विभिन्न राज्यले विद्यार्थी ल्याउनका लागि आ-आफ्नो ठाउँबाट छलफल अगाडी बढाइरहेको पनि समाचार आइरहेका छन्। हतास नहुनुहोस्, कोरोना भाइरसले सबै क्षेत्रलाई असर गरिरहेको छ। आशा गरौँ, यो छिटो हराउनेछ र हामी सामान्य अवस्थामा फर्किनेछौँ।

( एक्स्पोमा सहभागी हुनका लागि https://www.eventbrite.com/e/free-education-and-migration-expo-danfe-consulting-tickets-150439658067 मा गई आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ। )