अष्ट्रेलियाको भिक्टोरियामा थप एक जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
133

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज थप एक जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ४२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १४ पुगेको छ।