काठमाडौं । नेपालीहरुको लागि डुनोट प्रिय परिकार मध्येमा पर्छ । चियासंग डुनोट खाजा वा नास्ताको लागि राम्रो विकल्प मानिन्छ। पसलमा किनेर खाइने उक्त डुनोटलाई सजिलो तरिकाले घरमै बनाउन सकिन्छ। घरमै डुनोट बनाउनाले आफूले रोजेको तेलमा पकाएर ताजा नै खाना सकिन्छ।
डुनोट बनाउनको लागि आवश्यक सामग्री :
मैदा, पानी, चिनी, नुन, तेल, पीठो फुलाउने सोडा
विधी :
मैदामा सबै कुरा राखेर मुछ्नुहोस् ।
मैदा मुछ्दा बिस्तारै र राम्रो तरिकाले मुछ्नुपर्छ ।
मुछिसकेपछि वरिपरि तेल लगाएर ढाक्ने र कम्तीमा पनि दुई घण्टा यत्तिकै राख्ने ।
अब त्यो मैदालाई बेल्न सुरु गर्नुपर्छ ।
पीठोको डल्लोलाई लाम्चो आकारमा काट्ने र गिलास वा कचौराले गोलो-गोलो गरेर काट्ने ।
अब ती गोलो भागहरुमा बीचमा कुनै बिर्कोको साहयाताले सानो गोलो बनाउने ।
त्यसलाई एक घण्टा छोपेर राख्ने ।
अब त्यसलाई तेलमा फ्राई गरेपछि डुनोट तयार हुन्छ ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :