‘अष्ट्रेलियामा नेपाली चाडपर्व त मनाइन्छ, तर आमाले बनाएका मीठा परिकार हुँदैनन्’

0
628

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले अष्ट्रेलियाको सिड्नीमा रहनुभएका मनोज चौहानजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
इटहरी हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
धेरै भएको छैन, दुई वर्ष भयो ।

हाल के गर्दै हुनुहुन्छ ?
त्यही हो, पढाइ, काम।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
पहिलेदेखि नै बाहिर-बाहिर बसेको भएर हो कि, त्यस्तो ‘होम सिक’ भएको छैन मलाई। तर परिवारको याद त आइहाल्छ। विदेश आएपछि भेट्न पाइंदैन।

आमाको के कुरा बढी सम्झना आउँछ?
अरु समयमा त काम र पढाइले पनि भुलिन्छ। तर चाडपर्वको बेलामा चाहिं धेरै सम्झना आउँछ।

हजुरको आमाको नाम बताइदिनुहोस् न !
तारादेवी न्यौपाने।

आमाका लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
खै ! यो नै भन्ने छैन। तर आमालाई खुसी दिन सकूँ भन्ने लाग्छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
नेपाली चाडपर्व यहाँ मनाउँदा आमाले पकाएको थरी-थरी परिकार एकदमै मिस गर्छु।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। खुसी रहनुहोला।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
यहाँ आएपछि मेहनत गरेर काम गर्नैपर्छ। मेहनत गर्छु, एक्लो भएपनि संघर्ष गर्छु भन्ने सोंच बनाएर बलियो भएर आउनुहोला।