नयाँ दिल्लीमा लकडाउनको घोषणा

0
202

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ। पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सोमबार रति १० बजे देखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन्। 

मुख्यमन्त्री केजरीवालले लकडाउनको घोषणा गर्दै भनेका छन्,‘सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ ।’

लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था औन सक्ने भएकाले दिल्ली छोडेर नजान उनले आग्रह गरेका छन्। उनले पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताएका छन्। 

मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो । एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।‘ लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।