‘अष्ट्रेलियामा दिन गन्दै बसेको छु आमा, छिट्टै भेट्न आउँछु’

0
3246

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले दिलिप सिंह कार्कीजीसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
तनहुँ, दमौली हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
अष्ट्रेलिया आएको तीन वर्ष भयो।

हाल के गर्दै हुनुहुन्छ ?
विद्यार्थी भिसामा आएको हूँ। त्यही हो, पढ्ने अनि काम गर्ने।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ?
एकदम धेरै आउँछ। यहाँ आएपछि एक्लो महसुस हुन्छ, अनि परिवारको याद आउँछ। नेपालमा हुँदा वास्ता नगर्नेहरुले पनि यहाँ आएपछि परिवारको महत्त्व बुझ्छन्।

आमाको के कुरा बढी सम्झना आउँछ?
आमाको अनुहार, हाँसो, बोली,, आमाले बनाएको खानादेखि लिएर सबैकुराको याद आउँछ।

आमाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ?
आमादेखि टाढा छु। आमालाई पनि मेरो याद आएको छ। अहिले आमाको लागि गर्न चाहेको भनेको त, आमालाई भेट्नु हो। छिट्टै भेट्न पाए हुन्थ्यो भन्ने लागेको छ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ?
आमाले बनाएको दाल, भात, तरकारी ‘मिस’ हुन्छ।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
धेरै कुर्नु पर्दैन आमा। दिन गन्दै बसेको छु। अब चांडै आउनेछु।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि?
कोरोना महामारीले सबैतिर अप्ठ्यारो परिस्थिति सिर्जना गरेको छ। त्यसैले हतार नगरी, राम्रोसंग बुझेर आउनु।